शनिबार, वैशाख १३, २०८२

चिकित्सक संघ निर्वाचनमा कार्की नेतृत्व विजयी

नेपालखोज २०७६ माघ २८ गते ११:१७

२८ माघ, काठमाडौं । नेपाल चिकित्सक संघको २८ औँ केन्द्रीय कार्यकारिणी समिति ( ०७६र७९ कार्यकाल) का लागि भएको निर्वाचनमा डा. लोचन कार्कीले नेतृत्व गरेको लोकतान्त्रिक समूहले ६ पदाधिकारी र ५ सदस्यसहित १२ वटा पद जितेको छ ।

कुल १३ सदस्यीय कार्यसमितिको एक पद (सदस्य) मा भने पेशागत समावेशी समूहले बाजी मारेको छ । यसपटक निर्वाचनमा ६ हजार १५७ भोट खसेकोमा सबैभन्दा बढी भोट अध्यक्षका विजयी उम्मेदवार डा लोचन कार्कीले हासिल गरेका छन् ।

उनले कुल ४१११ (६७.७६) प्रतिशत मतका साथ विजयी हासिल गरेका हुन् । त्यसपछि सबैभन्दा बढी मत ल्याउने उपाध्यक्षका विजयी उम्मेदवार डा अनिलबिक्रम कार्की बनेका छन् ।

उनले कुल ३९४५ (६४.०७) प्रतिशत भोट प्राप्त गरेका छन् । पेशागत समूहबाट अध्यक्ष उठेका डा पुष्पमणि खरालले भने १९७९ मत ल्याएका छन् ।

मंगलबार आज बिहान २ बजे सम्पन्न मतगणनाअनुसार अध्यक्षमा डा लोचन कार्की, वरिष्ठ उपाध्यक्षमा डा शिवप्रसाद श्रेष्ठ र उपाध्यक्षमा डा अनिलबिक्रम कार्की विजयी भएका छन् । पेशागत सूहबाट डा रक्षा श्रेष्ठले २२६२९ मत ल्याएकी छन्।

यस्तै, महासचिव डा बद्री रिजाल, कोषाध्यक्षमा डा. प्रकाश बुढाथोकी, सहसचिवमा डा निजरकुमार सिंह र सहकोषाध्यक्षमा विश्वराज दवाडी विजयी भएका हुन् ।

प्रतिक्रिया