हेपाटाइटिस बि सम्बन्धी शिविरमा ४०६ जनाको रक्त परिक्षण
भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. ७ स्थित ज्योति माध्यामिक विद्यालयमा हेपाटाइटिस बि सम्बन्धी निःशुल्क शिविरमा ४०६ जनाको रक्त परिक्षण गरिएको छ ।
सूर्यविनयाक नगरपालिका वडा नं. ७ र जनकल्याण समाजले संयुक्त रुपमा आयोजना गरिएको उक्त स्वास्थ्य नगर प्रमुख बासुदेव थापा र वडाध्यक्ष रविन्द्र सापकोटाले रक्त परीक्षण गरी स्वास्थ्य शिविरको शुभारम्भ गरेका हुन् ।
नगरप्रमुख थापाले नागरिकको स्वाथ्यप्रति जिम्मेवार हुँदै नगरपालिकाका विभिन्न स्थानमा विभिन्न प्रकृतिको शिबिर सञ्चालन गरी नागरिकलाई राहत प्रदान गरिएको बताए ।
गत पुस ९ गते यसै वडाको किवाचोक स्थित रोहित खुलिमूलीको हेपाटाइटिस बिबाट मृत्यु भएपछि सोही स्थानको ज्योति माविमा शिबिर सञ्चालन गरिएको वडाध्यक्ष सापकोटाले बताए ।
हेपाटाइटिस बि लागेका व्यक्तिमा प्राय कुनै लक्ष्यण नदेखिने हेपाटाइटिस लागेका केही बिरामीमा बारम्मबार जण्डिस हुने, कुनै रोग लागे सो रोग समयमा नै निको नहुने, कलेजोमा दुख्ने, सुन्निने, खाना खान मन नलाग्ने र स्वास्थ्य कमाजोर भइ शिथिल हुँदै जाने, रगक कमि हुने, पेट गडबड हुने, चोट पटक नरोकिने लक्ष्यण देखापर्ने सम्बन्धित विशेषज्ञले बताएका छन् ।
यो रोग दाह्री, कपाल काट्दा शरिरको ¥याल, पसिनाबाट सर्ने गर्छ । त्यस्तै सङ्क्रमित गर्भवती महिलाले जन्माएको बच्चामा र असुरक्षित यौन सम्पर्कबाट यो रोग सर्ने गरेको छ ।
प्रतिक्रिया