शनिबार, वैशाख १३, २०८२

चीनमा रहेका नेपाली विद्यार्थीलाई फागुन ३ गते नेपाल ल्याइने

नेपालखोज २०७६ माघ २८ गते १९:२५

काठमाण्डौ । चीनमा रहेका नेपाली विद्यार्थीलाई फागुन ३ गते स्वदेश ल्याइने तयारी भएको छ ।

मन्त्रिपरिषदको बैठकले फागुन ३ गते चीनमा रहेका नेपाली विद्यार्थीहरु ल्याउने निर्णय गरेको हो । ती विद्यार्थी ल्याउनका लागि नेपाल एयरलाइन्सको जहाज तयारी अवस्थामा रहेको नेपाल वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्काले नेपाल खोजलाई बताइन् ।

वुहानमा रहेका १८० नेपाली विद्यार्थीले नेपाल आउनका लागि आवेदन दिएका छन्।

चीनबाट ल्याइने उनीहरुलाई भक्तपुर खरिपाटीस्थित विद्युत प्राधिकरणको भवनमा राखिने तयारी भएको छ । तर भक्तपुरका स्थानीय बासिन्दाले विरोध गर्दै आएका छन् ।

खरिपाटीका स्थानीयले यसअघि विरोध गर्दै आएकोमा आजै स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, तीनवटै सुरक्षा निकाय र स्थानीयबीच सहमति भएको छ।

चीनबाट ल्याइने नेपालीको निगरानीका लागि ८६ जना स्वास्थ्यकर्मीलाई तालिम दिइएको छ।

प्रतिक्रिया