नेपाली सेनाको गाडी दुर्घटना एकको मृत्यु
नेपालखोज
२०७६ माघ २९ गते १८:२५
दाङ । सल्यानबाट दाङतर्फ आउँदै गरेको नेपाली सेनाको गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।
सपुत गण ब्यारेक सल्यानको लु १ ग १२३ नम्बरको गाडी कपुरकोट गाउँपालिका–३ चोरखोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ। गाडी खोलाबाट ५ मिटर तल खसेको थियो ।
सात जना सवार उक्त गाडीमा हतियार र बम रहेको थियो । सोही कारण उद्दार कार्यमा समेत समस्या भएको बताइएको छ । दुर्घटनामा परेका मध्ये चार जनाको उद्दार गरी दाङ पठाइएको छ भने तीन जनाको उद्दार गरिँदै छ।
घाइतेहरुको अवस्था गम्भीर छ। उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको चिपुदल गण घोराहीले जनाएको छ। त्यस्तै एक जनाको अझै उद्धार गर्न बाँकी छ। उद्धारमा समस्या भएको प्रहरीले बताएको छ।
घाइतेलाई थप उपचारको निम्ति काठमाण्डौ ल्याउन सेनाको हेलिकप्टर घटनास्थल पुगेको छ ।
सम्बन्धित
प्रतिक्रिया