बिहीबार, जेठ ३०, २०८२

बैंक अफ काठमाण्डुको खुद नाफा बढ्यो

नेपालखोज २०७६ माघ २९ गते १८:३८

काठमाडौँ । चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा बैंक अफ काठमाण्डुले खुद नाफा बढाएको छ । उसले गत बर्षको तुलनामा खुद नाफामा सामान्य सुधार ल्याएको हो ।

खुद नाफा सुधारका मुख्य कारण खुद व्याज आम्दानी र सञ्चालन मुनाफामा सुधार नै हो । यस बैंकले दोस्रो त्रैमासमा आईपुग्दा ८८ करोड ३८ लाख खुद नाफा कमाएको छ । गत आर्थिक बर्षको दोस्रो त्रैमासमा बैंकले ७३ करोड ७५ लाख खुद नाफा कमाएको थियो । गत बर्षको तुलनामा खुद नाफा १९.८३ प्रतिशतले बढेको हो ।

प्रतिक्रिया