सोमबार, चैत १०, २०८१

११ अंकले घट्यो नेप्से, ६ अर्ब ९६ करोडकाे काराेबार

नेपालखोज २०८१ माघ २८ गते १५:४७

काठमाडौं । नेप्से पुन घटेको छ । अघिल्लो दिन ११ अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार पुन १०.९८ अंकले घटेर २ हजार ६७७.३२ अंकमा सिमित भएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि १.५६ अंकले घटेर ४५०.६५ अंकमा सिमित भएको छ ।

Advertisement

आज ३२२ कम्पनीको ७४ हजार ८६४ पटकको कारोबारमा एक करोड ४४ लाख ४३ हजार ७६५ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार भएको रकम ६ अर्ब ९६ करोड दुई लाख ९२ हजार २३५ रुपैयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये अन्य समुहको सुचक चार दशमलव ९१ अंकले बढेर २१ सय दशमलव ४४ अंकमा पुग्दा व्यापार समुहको सुचक पनि चार दशमलव ४४ अंकले बढेको छ ।

वाणिज्य बैंक समुहको सुचक दुई दशमलव ३९ अंकले घटेर १३ सय ५१ दशमलव ९१ अंकमा झर्दा जलबिद्युत समुहको सुचक पनि २९ दशमलव २५ अंकले घटेर तीन हजार सात सय ७५ दशमलव १८ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ८१ दशमलव शुन्य एक अंकले घटेर १२ हजार नौं सय ८७ दशमलव ६५ अंकमा झर्दा निर्जीवन बीमा समुहको सुुचक पनि शुन्य दशमलव ९१ अंकले घटेर १३ हजार ३९ दशमलव ३८ अंकमा पुगेको छ ।

यसैगरी बिकास बैंक, फाईनान्स, होटेल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त र सामुहिक लगानी कोष समुहको सुचक उच्च अंकले घटेकाछन् ।

नेप्सेमा आज ङादी ग्रुप पावर लिमिटेडले सबैभन्दा बढी कमाउँदा बोटर्लस नेपाल (बालाजु) लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । नेपाल रिपब्लिक मिडिया लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।

प्रतिक्रिया