प्रतिनिधिसभा बैठक : प्रधानमन्त्री ओलीले सम्बोधन गदैँ

नेपालखोज २०७६ फागुन २ गते ८:४६

काठमाडौँ । आज शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

प्रतिनिधिसभा बैठक आज दिउँसो २ बजे बोलाइएको छ । सरकार गठन भएको दुई वर्ष पुगेको अवसरमा प्रधानमन्त्री ओलीले संसद सम्बोधन गर्न लागेको उनका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले बताए ।

रिमालका अनुसार, प्रधानमन्त्री ओलीले संसदमा सरकारको दुई वर्षे कार्यअवधिबारे समीक्षात्मक सम्बोधन गर्नेछन् । २०४८ को निर्वाचन पछाडि गिरिजाप्रसाद कोइराला बाहेक अन्यले दुई वर्षे सरकार चलाउन पाएका थिएनन् ।

२०७४ को निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रष्ट बहुमत पाएपछि ओली नेतृत्वको सरकारले दुई वर्षे अवधि पुरा गरेको छ ।

प्रतिक्रिया