सर्वाेच्चद्वारा अख्तियारसँग पूर्व प्रधानमन्त्री नेपाल र भट्टराईलाई कारबाही नहुनुको कारण माग
नेपालखोज
२०७६ फागुन २ गते १६:२३
काठमाण्डौ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्रीद्वय बाबुराम भट्टराई र माधवकुमार नेपाललाई ललितानिवास जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग छानबिन अघि नबढाउनुको कारण माग गरेको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलाशले शुक्रबार आयोगको नाममा जवाफ माग गरेको हो। १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेशमा भनिएको छ।
वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले दायर गरेको रिटको सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश जारी गरेको हो।
बुधबार वरिष्ठ अधिवक्ता नेउपानेले सर्वोच्च अदालतमा नेपाल र भट्टराईलाई भ्रष्टाचार मुद्दा चलाउन माग गर्दै सर्वोच्च रिट दर्ता गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया