मंगलबार, चैत ४, २०८१

मानव अधिकार आयोगले सरकारलाई भन्यो – ‘सांस्कृतिक अधिकारको व्यवस्था गर्दै यथार्थ जानकारी देउ’

नेपालखोज २०७६ फागुन २ गते १८:४२

ललितपुर । राष्ट्रिय मानवअधिकार आयोगले कुवेतस्थित एक कम्पनीमा कार्यरत छ नेपाली कामदार कामको सिलसिलामा ढिस्कोले पुरिएर मृत्यु भएका व्यक्तिको सांस्कृतिक अधिकारको व्यवस्था गर्न र घाइतेलाई निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ ।

Advertisement

आयोगका सचिव वेदप्रसाद भट्टराईले आज गरेको प्रेस विज्ञप्तिमा गत माघ २९ गते ढिस्कोले पुरिएर मृत्यु भएका तथा घाइते भएकाको प्रभावकारीरूपमा निःशुल्क उपचार गर्न, आवश्यक राहत क्षतिपूर्ति उपलब्ध गराउन तथा निजहरुको सांस्कृतिक अधिकारसमेतको संरक्षण हुने गरी आवश्यक व्यवस्था मिलाउनसमेत आग्रह गरिएको छ ।

आयोगले घटनाका सम्बन्धमा यथार्थ जानकारी गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई पत्राचारसमेत गरेको छ । वैदेशिक रोजगारीमा गएका कामदारको सुरक्षा तथा उनीहरुको मानवअधिकारको सुनिश्चितताका लागि दीर्घकालीन कार्ययोजना तथा नीति बनाई आवश्यक सुरक्षा व्यवस्था मिलाउन आयोगले सरकारलाई आग्रह गरेको छ ।

प्रतिक्रिया