आजको मौसम : हाल मौसमी प्रणाली न्यून, पश्चिमी पहाडी भू–भागमा आंशिक बदली हुने सम्भावना
नेपालखोज
२०७६ फागुन ३ गते ७:१६
काठमाडौँ । जल तथा मौषम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली सक्रिय छैन् ।
हाल देशका पूर्वी, मध्ये र केही पश्चिमी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीे रहि बाँकि भू–भागमा भने मौसम सामान्यतया सफा रहेको महाशाखाले जानकारी दिएको छ ।
आज राती देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकि भू–भागमा मौसम सामान्यतया सफा नै रहने महाशाखाले जनाएको छ ।
काठमाडौं उपत्यकाको आजको न्युनतम तापक्रम ६ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम २१ दशमलव ८ डिग्री सेल्सियस रहेको छ । सुर्योदयो बिहान ६ बजे ४२ मिनेटमा भएको थियो भने सुर्यास्थ साझ ५ बजे ५५ मिनेटमा हुनेछ ।
सम्बन्धित
प्रतिक्रिया