पेरुको ट्यांकर दुर्घटनामा मृत्यु हुनेको संख्या ३० पुग्यो
नेपालखोज
२०७६ फागुन ३ गते ८:५०
एजेन्सी । पेरुको लिमामा गत महिना भएको ग्याँस ट्यांकर विस्फोटबाट मृत्यु हुनेको संख्या ३० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
गत जनवरी २३ मा करिब १० हजार लिटर एलपिजी ग्याँस बोकेको ट्यांकर विस्फोट भएको थियो । शुरुमा दुई जना मात्र उक्त दुर्घटनामा मारिएका र ५० जना घाइते भएका थिए ।
तर अधिकांश व्यक्तिका शरीर जलेका कारण मृत्यु हुनेको संख्या बढेको मन्त्रालयले जनाएको छ । तिब्र गतिमा दौडेको ट्यांकर सडकका खाल्डाखुल्डीमा परेर ग्याँस चुहिएको अनुसन्धानकर्ताहरुले बताएका छन् ।
विस्फोटबाट भिल्ला एल साल्भाडोर जिल्लाका सडक किनाराका धेरैवटा घर र सवारी साधनमा क्षति पुगेको थियो । सरकारी वकीलहरुले ट्यांकर चालक ७४ वर्षीय लुइस गुजमानमाथि कारबाही चलाउन मुद्दा दर्ता गरिसकेका छन् ।
सम्बन्धित
प्रतिक्रिया