सोमबार, चैत १०, २०८१

अरुण तेस्रोको सुरक्षामा सशस्त्र प्रहरी परिचालन

नेपालखोज २०७६ फागुन ३ गते ९:५०

संखुवासभा । संखुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको सुरक्षामा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

Advertisement

पछिल्लो समय अरुण तेस्रो परियोजनामा आगजनी र बम विस्फोटको घटना बढेपछि सुरक्षाका लागि अरुण गुल्म चैनपुरबाट ६५ जना सशस्त्र प्रहरी खटिएको गुल्मका प्रमुख प्रहरी नायब उपरीक्षक वासुदेव महतले जानकारी दिए ।

सशस्त्रले अरुण तेस्रोको सुरक्षामा आवश्यकताअनुसार थप गर्दै जाने बताएको छ । यसअघि नेपाल प्रहरीका ३५ जनाले सुरक्षा दिइरहेको थियो । भारतीय निर्माण कम्पनी सतलजले अरुण तेस्रो सुरक्षामा १५८ सशस्त्र प्रहरी माग गरेको थियो ।

विद्युत् गृहस्थल पुखुवा र अरुण तेस्रोको कार्यालय तुम्लिङटारमा अज्ञात समूहले पटक–पटक बम विस्फोट गराएका थिए । पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको अरुण तेस्रो परियोजनाबाट ९०० मेगावाट विद्युत् उत्पादन हुने र आयोजना निर्माणका लागि एक खर्ब २० अर्ब खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया