अवैध काठ ओसारपसारमा संलग्न २ पक्राउ
नेपालखोज
२०७६ फागुन ३ गते १०:३४
नुवाकोट । डिभिजन वन कार्यालय, नुवाकोटले १ गाडी अवैध काठसहित २ जनालाई नियन्त्रणमा लिएको छ ।
विदुर नगरपालिका–१३ को आमथाङबाट विदुर–८, राइसिंहतर्फ आउँदै गरेको बा ५ ख १५६७ नंं को मिनी ट्रक, ४६ गोलिया काठ प्रहरीको सहयोगमा वन कार्यालयले नियन्त्रणमा लिएको हो ।
ट्रकका चालक विदुर–१२ का २३ वर्षीय शुक्रमान तामाङ र गाडी धनी २५ वर्षीय अमृत थापालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका दुवै जनालाई आवश्यक कानूनी कारवाहीका लागि अनुसन्धान गर्न जिल्ला वन कार्यालय नुवाकोटले जिल्ला अदालतबाट तीन दिनको म्याद लिएर हिरासतमा राखी अनुसन्धान अघि बढाएको वन कार्यालयका प्रमुख जयमंगल प्रसादले जानकारी दिनुभयो ।
सम्बन्धित
प्रतिक्रिया