शनिबार, वैशाख १३, २०८२

उखु किसानलाई थप अनुदान उपलब्ध गराउन कृषि तथा पशुपन्छी मन्त्रालयको माग

नेपालखोज २०७६ फागुन ३ गते १२:२६

काठमाडौं । उखु किसानलाई अनुदान उपलब्ध गराउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अर्थ मन्त्रालयसँग थप साढे ४१ करोड रुपैयाँ माग गरेको छ । कृषि मन्त्रालयले गत आइतबार अर्थलाई पत्राचार गर्दै अपुग ४१ करोड ४९ लाख १३ हजार नौ सय २४ रुपैयाँ माग गरेको हो ।

यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले किसानलाई उपलब्ध गराउनुपर्ने अनुदानवापतको सम्पूर्ण रकम उपलब्ध गराइदिन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई पत्राचार गरेको मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले जानकारी दिए।

मन्त्रालयका अनुसार अर्थमन्त्रालयलाई यसअघि पनि अपुग रकम उपलब्ध गराउन पत्राचार गरिएको थियो। पछिल्लो पटक भने सचिवस्तरीय निर्णय गरी अपुग रकम उपलब्ध गराइदिन पुनः ताकेदा गरिएको हो ।

‘अनुदानवापत उपलब्ध गराउनुपर्ने सम्पूर्ण रकम एकैपटक नआउँदा भुक्तानी गर्न समस्या आएको छ’, प्रवक्ता केसीले भने, ‘अपुग अनुदान रकम तत्कालै उपलब्ध गराइदिन अर्थसँग पत्राचार गरेका छौं।’ कृषिले अर्थलाई पत्राचार गरे पनि शुक्रबारसम्म रकम निकासा नभएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया