शुक्रबार, वैशाख ७, २०८१

लुम्बिनीका मुख्यमन्त्री केसीले पाए विश्वासको मत

नेपालखोज २०७८ भदौ ७ गते १८:३७

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाएका छन् ।

आज (सोमबार) सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका हुन् । प्रदेशसभामा रहेको कूल ८० सदस्यमध्ये ‘हुन्छ’ भन्ने पक्षका ४२ सदस्य कुलसङ्ख्याको बहुमत भएको घर्तीले जानकारी दिए । ‘हुन्न’ भन्ने पक्षमा कसैको पनि मत परेको थिएन् । उपसभामुख कृष्णी थारु तटस्थ रहेकी थिइन् । नेकपा (एमाले)ले सदन बहिष्कार गरेको थियो ।

विश्वासको मत पाएलगत्तै मुख्यमन्त्री केसीले पाको राजनीतिक पार्टीको राम्रो संस्कार नभएको भन्दै सत्ता बहिर्गमनको आक्रोश भएको टिप्पणी गरे । उनले सत्तामा रहने र प्रतिपक्षमा रहने सामान्य प्रक्रिया रहेको भन्दै संसदीय प्रक्रियालाई अवरुद्ध गर्न नहुनेमा जोड दिए ।

प्रतिक्रिया