शनिबार, वैशाख १३, २०८२

आजबाट सप्तरीमा मुस्लिम सम्मेलन सुरु

नेपालखोज २०७६ फागुन ३ गते १२:२९

सप्तरी । प्रदेश नम्बर २ को सप्तरीमा आजदेखि मुस्लिम समुदायको धार्मिक सम्मेलन इज्तिमा सप्तरीमा सुरु हुँदै छ । सप्तरीको बोदेबरसाइन नगरपालिका वडा नम्बर ५ जाजरमा इस्लामिक सम्मेलन सुरु हुन लागेकोे हो ।

यस सम्मेलनमा २ लाख भन्दा बढी मुस्लिम समुदाय सहभागी रहने छन् भने इस्लामिक सम्मेलनमा नेपाल–भारतका विभिन्न प्रान्तबाट धर्म गुरुहरु सहभागी हुने आयोजकले जनाएका छन् । भारतबाट आएका धर्मगुरुहरुले समेत यस सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यस इस्लामिक सम्मेलनमा नेपाल र भारतबाट धर्मगुरु लगायतको सहभागिता रहने भएपछि नेपाल सरकारले यसअघि सम्मेलन गर्न रोक लगाएको थियो । तर नेपाल र भारत बाहेकका मुलुकहरुबाट आएका धर्मगुरुहरुलाई फिर्ता पठाएपछि पूर्व निर्धारित योजनाअनुसार सम्मेलन सुरु हुन लागेको हो ।

प्रतिक्रिया