शुक्रबार, चैत १६, २०८०

उद्योगपति विनोद चौधरी कोरोना संक्रमण मुक्त

नेपालखोज २०७७ भदौ २० गते २२:२९

काठमाडौं । उद्योपति विनोद चौधरी कोरोना भाइरस संक्रमणमुक्त भएका छन्। उनलाई १० दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो। आज गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो।

चौधरीले शुभेच्छुकहरुको उत्कट माया र प्ररणाले आफूलाई १० दिनसम्मको एकान्तवासमा ठूलो ऊर्जा मिलेको बताएका छन्।

चौधरीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘त्यही ऊर्जाका कारण आज म कोरोना संक्रमणबाट मुक्त भएको छु।’  उनले आफूलाई माया गर्ने सबैलाई धन्यवाद दिएका छन्।

प्रतिक्रिया