एमसीसीमा नेकपाको राजनीति : मनस्थिति एकातिर, गतिविधि अर्कोतिर
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीका विभिन्न फोरमबाट आएका अभिव्यक्ति, कार्यकारी अध्यक्ष पुष्पकमल दाहालका श्रृंखलाबद्ध भनाइ र स्थायी कमिटीको निष्कर्षलाई आधार मान्ने हो भने नेकपा हतार नगरी अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन गराउने पक्षमा छ ।
भित्रभित्रै एमसीसी अनुमोदनमा हतार देखिए पनि नेकपा बाहिरबाहिर चाहिँ बढो चलाखीपूर्ण प्रक्रियामा व्यस्त छ। भविष्यमा एमसीसी थप विवादित भयो र यसले केही समस्या निम्तायो भने त्यसबाट जवाफ दिन सजिलो होस् भनेर नेकपाले एमसीसी अनुमोदन अगाडि धेरै प्रक्रिया पुरा गरेको छ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र अध्यक्ष दाहालले विभिन्न फोरममा दिएको अभिव्यक्तिले नेकपाको मूल नेतृत्वको एमसीसी अनुमोदनका लागि कति हतारमा छ भन्ने मनस्थिति सहजै बुझ्न सकिन्छ। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ ।
प्रतिक्रिया