बुधबार, असोज १०, २०८०

शिवमाया तुम्बाहाङ्फे कानूनमन्त्री, आजै शपथ ग्रहण गराउने तयारी

नेपालखोज २०७६ फागुन ५ गते ११:३८

काठमाडौं । निवर्तमान उपसभामुख शिवमाया तुम्वाहाङ्फेलाई कानुनमन्त्री बनाइने भएको छ ।

यसअघि उपसभामुख रहेकी शिवमायाले सभामुखमा दाबी गरेको भए पनि नेकपा सचिवालयले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेको थियो ।

प्रधानमन्त्रीकाे प्रेस सल्लाहकार सुर्य थापाका अनुसार आजै (साेमबार) साढे ३ बजे कानुनमन्त्रीको रुपमा शपथ ग्रहण गराउने तयारी रहेकाे छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्नुअगावै मन्त्रिपरिषदमा सामान्य तर कठिन हेरफेरको तयारी गरेका छन्।

प्रतिक्रिया