आइतबार, जेठ ६, २०८१

आईपीएल : मुम्बईलाई ५२ रनले पराजित गर्दै कोलकताको पाँचौं जित

नेपालखोज २०७९ वैशाख २७ गते ७:२३

काठमाडाैं । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा पाँचौ  जित निकालेको छ । काेलकताले मुम्बई इन्डियन्सलाई ५२ रनले पराजित गरेकाे हाे । 

सोमबार राति भएकाे खेलमा कोलकाताले दिएको १६६ रनको लक्ष्य पछ्याएको मुम्बईले १७ ओभर ३ बलमा सबै विकेट गुमाउँदै  ११३ रन मा समेटिन पुग्याे ।

यसअघि मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभर ९ विकेट गुमाएर १६५ रनक योगफल तयार पारेकाे थियाे ।

जितसँगै कोलकाता १२ खेलबाट १० अंक जोडेर सातौ स्थानमा  छ  । मुम्बई ११ खेलमा ४ अंक जोडेर पुछारमा  छ ।

प्रतिक्रिया