आइतबार, वैशाख १४, २०८२

थुनामुक्त गर्ने प्रक्रिया पूरा गर्न महरालाई डिल्लीबजार लगियो

नेपालखोज २०७६ फागुन ५ गते १५:२४

काठमाण्डौ । बलात्कार प्रयास मुद्दामा जिल्ला अदालत काठमाडौंबाट निर्दोष ठहर भएका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई डिल्लीबजार कारागारतर्फ लगिएको छ ।

त्यहाँ उनलाई रिहाइको प्रक्रिया पूरा गर्न लगिएको हो । उनलाई थुनामुक्त गर्नको निम्ति डिल्लीबजार कारागार लैजाँदै गर्दा त्यहाँ नेकपाका कार्यकर्ताहरुको ठूलो भीड लागेको छ । महरालाई थुनामुक्त गरे लगत्तै नेकपाका कार्यकर्ताले स्वागत गर्ने तयारी गरिरहेका छन् ।

महरालाई सोमबार जिल्ला न्यायाधीश अमरराज पौडेलको इजलासले निर्दोष ठहर गरेको हो ।

प्रतिक्रिया