मंगलबार, असार १७, २०८२

भोली प्रजातन्त्र दिवस, मन्त्रालयद्वारा स्थानीय तहलाई पत्राचार

नेपालखोज २०७६ फागुन ६ गते ७:१२

काठमाडौं । भोली बुधबार फागुन ७ गते अर्थात प्रजातन्त्र दिवस । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भोलि फागुन ७ गते राष्ट्रियय प्रजातन्त्र दिवस मनाउन देशभरका स्थानीय तहलाई पत्राचार गरेको छ ।

स्थानीय तहले निर्वाह गर्नुपर्ने भूमिकासमेत उल्लेख गरी पत्राचार गरिएको हो । प्रजातन्त्र दिवस मनाउने सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गृह मन्त्रालयमा बसेको बैठकद्वारा पारित कार्यविधिलाई आधार बनाई पत्राचार गरिएको उक्त मन्त्रालयको आन्तरिक व्यवस्थापन शाखाका अधिकृत कृष्णहरि न्यौपानेले जानकारी दिए ।

उक्त पत्राचारमा उपत्यकाभित्रका नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकालाई आ–आफ्नो क्षेत्रका विभिन्न स्थानमा राष्ट्रियय झन्डा फहराउन, विभिन्न स्थानमा ब्यानर प्रदर्शन र सरसफाइ गर्न स्थानीय तहलाई निर्देशन दिइएको छ । नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया