शुक्रबार, वैशाख १४, २०८१

कोरोना अपडेट : दुई लाख नौ हजार चार सय बढी संक्रमित डिस्चार्ज

नेपालखोज २०७७ मंसिर ११ गते १६:५९

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४ सय ३७ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नेपालमा आज थप १ हजार ४ सय ३७ जना थप डिस्चार्ज भएसँगै नेपालमा कोरोना संक्रमण भइ निको हुनेको संख्या दुई लाख नौ हजार चार सय ३५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६ सय १४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आज थप १ हजार ६ सय १४ जनामा संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६४० पुगेको छ । सक्रिय संक्रमितको संख्या १६ हजार ७९३ छ । नेपालमा गएको २४ घण्टामा नौ हजार चार सय ९१ जनाको नमुना परीक्षण गरिएको छ ।

प्रतिक्रिया