आइतबार, वैशाख १४, २०८२

‘क’ वर्गका गुण्डा सत्यमान पक्राउ

नेपालखोज २०७६ फागुन ६ गते ११:५०

काठमाडौं । नेपाल प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका दावा लामाका सहयोगी सत्यमान लामा पक्राउ परेका छन् ।

काभ्रेको तेमाल गाउँपालिका–६, स्थायी घर भई बालुवाटार बस्दै आइरहेका तामाङलाइ मादक पदार्थ सेवन गरी प्रहरीसँग विवाद गरेको अभियोगमा प्रहरीले होटल सांग्रिला अगाडिबाट पक्राउ गरेकाे हाे । यसअघि तामाङ ०७५ असार २८ मा किसानको माला लुटेको आरोपमा समातिएका थिए । तर, सांसद् नवीना लामाले उनलाई छुटाएकी थिइन् ।

प्रहरीका अनुसार, उनी ‘क’ वर्गका गुण्डा हुन् । गुण्डागर्दीको आडमा उनले लुटपाट, अवैध डलरलगायतको कारोबार गर्ने गरेको प्रहरी भनाइ छ ।

महाराजगञ्ज प्रहरी प्रमुख डीएसपी उमेश लम्सालले भने, ‘थप अनुसन्धान गरिरहेका छाैं ।’

प्रतिक्रिया