आइतबार, वैशाख १४, २०८२

सुनको भाउ फेरी बढ्दै !

नेपालखोज २०७६ फागुन ६ गते १४:४२

काठमाडौँ । सुनको भाउ मंगलबार फेरी बढेको छ । यसअघि सबैभन्दा उच्च बिन्दु तोलाको ७६ हजार ५०० सम्म पुगेको सुनको भाउ आज बढेर ७६ हजार ७ सय रुपैयाँमा पुगेको हो ।

मंगलबार (आज) छापावाला सुनको भाउ तोलामा २०० रुपैयाँले बढेर ७६ हजार ७०० रुपैयाँ पुगेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजावी सुनको भाउ पनि तोलामा २०० रुपैयाँले नै बढेर मंगलबार ७६ हजार ४०० रुपैयाँ पुगेको छ । सोमबार तेजावी सुनको भाउ तोलाको ७६ हजार २०० रुपैयाँ थियो । चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार र मंगलबार चाँदीको भाउ प्रतितोला ८ सय ९० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया