रौतहटमा गोली हानेर एक व्यक्ति पक्राउ
नेपालखोज
२०७६ फागुन ७ गते ९:००
काठमाडौं । रौतहटमा प्रहरीले गोली हानेर एक जनालाई पक्राउ गरेको छ । प्रहरीले गोली हानेर नियन्त्रणमा लिएका व्यक्ति तराई जनतान्त्रिक मुक्ति मोर्चाका पूर्वनेता कामेश्वर पटेल कुर्मी (अभय सिंह) रहेका छन् ।
रौतहटको चन्द्रनिगाहपुर गजल सहियाबाट कुर्मीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनी रौतहट मौलापुरका भएको बताइएको छ । उनलाई मंगलबार राति नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड गोली चलाएको थियो ।
प्रहरीले चलाएको दुईवटा गोली उनको खुट्टामा लागेको थियो । उनको अहिले स्थानीय अस्पताल उपचार भइरहेको प्रहरी प्रवक्ता डीआईजी सैलेश थापाले जानकारी दिए । डीआईजी थापाका अनुसार कुर्मी फरार अभियुक्त हुन् ।
सम्बन्धित
प्रतिक्रिया