आइतबार, वैशाख १४, २०८२

आर्थिक समृद्धितर्फ प्रदेश सरकार प्रतिबद्ध- पौडेल

नेपालखोज २०७६ फागुन ७ गते १४:३४

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शान्ति सुरक्षाको प्रत्याभूति र आर्थिक समृद्धिको लागि योजना कार्यान्वयनतर्फ प्रदेश सरकार प्रतिबद्ध रहेको छ बताएका छन् ।

प्रजातन्त्र दिवसको उपलक्ष्यमा वाग्मती प्रदेश सरकारद्वारा आज हेटौँडामा आयोजित समारोहमा उहाँले सरकारले जनताप्रति उत्तरदायी बहन गर्दै राष्ट्रिय गौरवको आयोजनालगायत जनहितको विभिन्न कार्यक्रमहरु कार्यान्वयनमा ल्याएको बताए । मुख्यमन्त्रीले एकोहोरो सरकारको आलोचना गर्ने मात्रै बानीलाई त्यागेर रचनात्मक सोच पनि राख्नुपर्ने घारणा व्यक्त गरे ।

उनले राजनीतिक दलको नेतृत्वले आ–आफ्नो दलको स्वार्थभन्दा माथि उठेर संविधान, प्रजातन्त्रको सुदृढीकरण र राष्ट्रियताको संरक्षणको लागि एकै ढिका भएर हिँड्नुपर्ने अवस्था आएको उल्लेख गरे । मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले अहिले सुशासनको सम्बद्र्धन गर्दै जनतालाई मौलिक हको संरक्षण तथा दिगो शान्ति सुरक्षाको प्रबन्ध मिलाउन उच्च प्राथमिकता दिएको बताए ।

प्रतिक्रिया