शुक्रबार, वैशाख ७, २०८१

राष्ट्रियसभाको बैठक ३ बजे बस्ने

नेपालखोज २०८० जेठ २२ गते १४:३९

काठमाडौं । राष्ट्रियसभाको आज १ बजेका लागि बोलाइएको बैठक विशेष कारणवश दिउँसो ३ बजे बस्ने भएको छ ।

संसद् भवनमा टाँस गरिएको सूचनामा सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक महत्त्वका विषयमा जानकारी गराउने कार्यसूची थियो ।

प्रधानमन्त्री दाहाल प्रतिनिधिसभा बैठकमा सांसदको प्रश्नोत्तरमा व्यस्त रहेकाले राष्ट्रियसभाको बैठक सारिएको हो ।

राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले दिउँसो २ बजे सूचना टाँस गरी बैठक ३ बजे बैठक बस्ने जानकारी गराएका हुन् । राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक सारिएको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया