शनिबार, वैशाख १५, २०८१

कैलालीमा विद्युत् राष्ट्रिय प्रसारण लाइन विस्तार

नेपालखोज २०७६ फागुन ८ गते ८:३३

कैलाली । जिल्लाको दुर्गम तल्लोस्वराड क्षेत्रमा विद्युत् राष्ट्रिय प्रसारण लाइन पु¥याउने काम शुरुआत गरिएको छ ।

मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकमो राष्ट्रिय प्रसारण पु¥याउन काम शुरु भइसकेको नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाले जनाएको छ ।

पाटन र मेलौलीमा सवस्टेशन राख्ने र पाटनदेखि मेलौलीसम्म लाइन विस्तारको काम शुरु भइसकेको कार्यालयका प्रमुख सतिशकुमार कर्णले बताए ।

ती स्थानमा सवस्टेशन निर्माण गर्न आरके इन्टरनेशनल प्रालिसँग गत जेठ ७ गते एकवर्ष्भित्रमा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य सहित ठेक्का सम्झौता भइ काम शुरु भएको छ । पाटनमा सवस्टेशनका लागि साढे ११ करोड र मेलौलीका लागि साढे १२ करोडमा ठेक्का सम्झौता भएको जनाइएको छ ।

प्रतिक्रिया