शुक्रबार, चैत १६, २०८०

सेक्युरिटी प्रेस विवाद : सञ्चारमन्त्री बाँस्कोटाले घुस मागेको अडियो सार्वजनिक

नेपालखोज २०७६ फागुन ८ गते ९:१८

काठमाडौँ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद विवादमा लेखा समितिको छलफल अघि सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले घुस मागेको अडियो रेकर्ड सार्वजनिक भएको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद विवादमै आज बिहीबार ११ बजे लेखा समितिले छलफल गर्दैछ । त्यसका लागि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव र सुरक्षण मुद्रण केन्द्रका प्रमुखलाई बैठकमा बोलाइएको छ ।

सेक्युरिटी प्रेस खरिद विवाद लामो समयदेखि प्रतिनिधि सभाको लेखा समितिले हेर्दै आएको थियो । यही विषयमा सरकार र लेखा समितिबीच विवाद पनि हुँदै आएको थियो ।

नोट, पासपोर्ट, अन्तःशुल्क लगायत सरकारका गोप्य विवरण छाप्नका लागि नेपालमा प्रिन्टिङ प्रेस स्थापना गर्ने तयारी सरकारले गरेको थियो । प्रेस नेपाल भित्र्याउन यती समूह पनि लागिपरेको थियो । सरकारले यती समूहलाई नै दिन चाहेको थियो ।

सरकारले जिटुजी मोडलमा सुरक्षित मुद्रणसम्बन्धी मेसिन खरिद गर्दा आर्थिक चलखेल भएको भन्दै सार्वजनिक लेखा समितिमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा लेखा समितिले सरकारको उक्त निर्णय र प्रक्रियामाथि विस्तृत अध्ययन गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया