आज पनि बढ्यो सुनको मूल्य, अहिलेसम्मकै सबैभन्दा धेरै
नेपालखोज
२०७६ फागुन ८ गते १२:३३
काठमाडौँ । नेपाली बजारमा सुन चाँदीको मूल्यले रेकर्ड कायम गरेको छ । विहीबार सुन तोलाको ७७ हजार ६ सय कायम भएको छ । यो अहिलेसम्मकै सबैभन्दा धेरै हो । नेपाली सुन चाँदी व्यवसायी संघका अनुसार सुनको मूल्य इतिहासमै सर्वाधिक भएको हो ।
आज छापावाल सुन प्रतितोला ७७ हजार ६ सय तथा तेजावी सुन प्रतितोला ७७ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुन ७६ हजार १ सय तथा तेजावी सुन ७६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज सुनको भाउसँगै चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला ९ सय १५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सम्बन्धित
प्रतिक्रिया