शुक्रबार, चैत १६, २०८०

बाँस्कोटाको बर्खास्तिकालागि कांग्रेसले सदनबाट दबाब कायम राख्ने

नेपालखोज २०७६ फागुन ८ गते १४:२९

काठमाडौँ । प्रमुख विपक्षी नेपाली कांग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको राजीनामा माग गर्दै संसद बैठक अवरुद्ध गर्ने भएको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग भएको कुराकानीमा सञ्चारमन्त्री बाँस्कोटाले कमिसनबारे कुराकानी गरेको अडियो सार्वजनिक भएसँगै उनको बर्खास्तिकालागि कांग्रेसले आवाज उठाएको हो । यही क्रममा अहिले केहिबेरमा बस्ने प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्दै सरकारलाई दबाब दिने तयारीमा कांग्रेस रहेको छ । केहिबेर अघि मात्रै आजको राष्ट्रिय सभा बैठकपनि यहि माग राखि कांग्रेसले अवरुद्ध गरेको थियो ।

प्रतिक्रिया