शुक्रबार, वैशाख ७, २०८१

सरकारको नियमित पत्रकार सम्मेलन स्थगित

नेपालखोज २०७६ फागुन ८ गते १६:५४

काठमाडौँ । मन्त्रिपरिषद्का निर्णय सार्वजिनक गर्न नियमित रूपमा हुँदै आएको पत्रकार सम्मेलन स्थगित भएको छ। संचार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएपछि हरेक बिहीबार हुँदै आएको नियमित पत्रकार सम्मेलन स्थगित भएको हो।

सुरक्षित मुद्रण प्रेस खरिद प्रकरणमा कमिसनका लागि ुबार्गेनिङु गरेको अडियो बाहिरिएपछि मन्त्री बाँस्कोटाले आजै दिउँसो मन्त्री पदबाट राजीनामा दिए ।

उनले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नैनिकताका आधारमा राजीनामा बुझाएको सामाजिक सञ्‍चालमार्फत जानकारी गराएका छन्।

प्रतिक्रिया