सोमबार, जेठ ७, २०८१

कोरोना भाइरस : मृत्यु हुनेको सङ्ख्या २२३३ पुग्यो, सङ्क्रमितको सङ्ख्यामा कमि आएको अधिकारीहरुको दावी !

नेपालखोज २०७६ फागुन ९ गते ८:०३

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट चीनमा  शुक्रबार आजसम्ममा मृत्यु हुनेको सङ्ख्या २२३३ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

डिसेम्बर अन्त्यमा चीनको हुबेई प्रान्तको उहान सहरबाट शुरु भएको कोरोना भाइरसका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या बृद्धि भए तापनि सङ्क्रमितको सङ्ख्यामा भने कमि आएको चिनियाँ सरकारले जनाएको छ ।

गत मङ्गलबार एकै दिनमा यस भाइरसको सङ्क्रमणका कारण १३६ जनाको मृत्यु भएको एपी समाचार समितिले बुधबार जनाएको थियो ।

बुधबारको दिन यस भाइरस सङ्क्रमणको कारण ११४ जनाको मत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या २ हजार ११८ पुगेको थियो । शुक्रबारसम्म झण्डै १०४ जनाको मृत्यु भएको छ ।

यस भाइरसको प्रकोप नियन्त्रणका लागि विश्वका नेताले चीनलाई साथ दिने प्रतिबद्धता जनाउँदै आएका छन् । संयुक्त राष्ट्रसङ्घ, विश्व स्वास्थ्य सङ्गठन, युरोपेली युनियनसहित विश्वका नेताले पनि यो सङ्क्रमणको नियन्त्रणमा चीनलाई सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया