केन्द्रीय प्रसारण लाइन विस्तार गरिँदै
रुकुम । रुकुम (पूर्व) मा पनि अब केन्द्रीय प्रसारण लाइन जोडिने भएको छ । तीनवटा मात्र गाउँपालिका रहेको जिल्लाको सदरमुकाम रुकुमकोट लगायत सबै पालिकामा केन्द्रीय प्रसारण लाइनको विस्तार कार्य द्रुत गतिले अगाडि बढेको छ ।
गत असोज महिना नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र स्थापना भएको हो । कार्यालयले मङ्सिरको महिनादेखि काम शुरु गरी लाइनको तार तान्ने, पोल गाड्ने, टान्सफर्मर जडान गर्नेलगायतका कामलाई तीव्र गति दिएको छ ।
ती काम बोलपत्र आह्वान गरी निर्माण सेवामार्फत भइरहेको केन्द्रले जनाएको छ । प्राधिकरणले जिल्लामा रोल्पाको थबाङ हुँदै भूमे गाउँपालिका–६ महत भएर ३३ केभीएको र रुकुमपश्चिम हुँदै सदरमुकाम रुकुमकोट भएर आउने ११ केभीएको राष्ट्रिय प्रसारण लाइन जिल्लाभरि जोड्न लागेको कार्यालय प्रमुख युवराज रावतले जानकारी दिए ।
अहिले ३३ केभीएको लाइनको लागि शशी निर्माण सेवा कम्पनीद्वारा र ११ केभीएको लाइनको लागि सिस्ने हिमाल सेवा कम्पनीद्वारा काम भइरहेको छ ।
जिल्लाका मुख्यमुख्य बस्तीमा केन्द्रीय प्रसारण लाइन पु¥याउको लागि खण्डखण्ड विभाजन गरेर बोलपत्र आह्वान गरी निर्माण सेवा कम्पनीमार्फत काम थालिएको छ । प्रदेश कार्यालय हुँदै जिल्ला कार्यालयसम्म विद्युतीय सामान ढुवानीको लागि शशी निर्माण सेवाले जिम्मा लिएको छ ।
प्रतिक्रिया