सेना दिवसका अवसरमा रक्षामन्त्री पोखरेलद्वारा सेनाको युनिटी जर्नल विमोचन
काठमाण्डौ । सेना दिवसका अवसरमा जंगी अड्डामा उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले ूमहाशिवरात्री तथा सेना दिवस(द्दण्ठटू को अवसरमा नेपाली सेनाले प्रथम पटक प्रकाशित गरेको यूनिटी जर्नलको विमोचन गरेका छन् ।
कार्यक्रममा पोखरेलले नेपाली सेनाद्वारा संवैधानिक जिम्मेवारीहरु वहन गर्ने क्रममा राष्ट्रिय सुरक्षा र एकताका विषयहरुमा आम नागरिक र विषय विज्ञहरुबाट अनुसन्धानात्मक लेख रचनाहरुको संगालो ‘युनिटी जर्नल’ प्रकाशन गर्ने पहल गरेकोमा नेपाल सरकारको तर्फबाट धन्यवाद दिए ।
पोखरेलले राष्ट्रिय एकताका सम्भावित चुनौतिहरु पहिचान गरी समयमै राष्ट्रिय हित र स्वार्थहरुको सुरक्षाका लागि उपयुक्त रणनीति तयार गर्न अनुसन्धान र प्रकाशनहरुको महत्वपूर्ण भूमिका रहेको बताउँदै राष्ट्रिय सुरक्षालाई सम्बर्द्धन र विश्वसनीय बनाउने उद्देश्यका साथ प्रकाशन गरिएको ‘युनिटी जर्नल’ बौद्धिक वर्ग र सेनाभित्रको जनशक्तिको एकिकृत र रचनात्मक प्रयासको रुपमा लिएको बताए ।
सो कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्रिय एकताको महत्व स्थापित गर्न ‘युनिटी जर्नल’ कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त व्यक्त गरे । उनले उक्त जर्नल रणनैतिक र सामरिक विषयमा चासो राख्ने सर्वसाधारणदेखि विद्यार्थी तथा विज्ञ पाठकहरुलाई समेत उपयोगी हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा सम्माननीय राष्ट्रपतिका सुरक्षा सल्लाहकार, विभिन्न विश्वविद्यालय, प्रतिष्ठान तथा शिक्षण संस्थाहरुका कुलपति एवं उपकुलपतिहरु, विश्वविद्यालयका रजिष्ट्रार, डिन, प्राध्यापक वर्ग, प्रिन्सिपल तथा कमाण्डाण्टहरु, रक्षा सचिव, नेपाली सेनाका भूतपूर्व प्रधानसेनापतिहरु, बलाधिकृत तथा बलाध्यक्ष रथीहरु, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत, रथीवृन्द तथा अधिकृतहरु, इतिहास तथा संस्कृति विदहरु, युनिटी जर्नलको सम्पादक मण्डल, नेपाल प्रहरीका उच्चपदस्थ अधिकृतहरु, लेख रचना उपलब्ध गराउने लेखकहरु, तथा सञ्चारकर्मीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।
प्रतिक्रिया