शुक्रबार, चैत १६, २०८०

नागार्जुन नगरपालिकाका प्रमुख बस्नेतद्वारा डोलेश्वरमा गणेश मन्दिर निर्माण

नेपालखोज २०७६ फागुन ९ गते १५:२६

भक्तपुर । नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत र उनकी धर्मपत्नी उर्मिला बस्नेतले भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ८ स्थित डोलेश्वर (केदारनाथको शिर) मन्दिरपरिसरमा सिद्धिविनायक गणेश मन्दिर निर्माण गरेका छन् ।

नागार्जुन नगरपालिका सीतापाइला निवासी स्व. पीता सुवेदार चन्दबहादुर बस्नेत र आमा लीलादेवी बस्नेत, स्व. ससुरा भक्तबहादुर चापागाई र सासुआमा कौशिका चापाँगाईको सम्झनामा गणेश मन्दिरको निर्माण गरिएको हो । कूल ३५ लाख रूपिँया लागतमा मन्दिर निर्माण सम्पन्न भएको हो ।

धर्मप्रतिको आस्था र विश्वासलाई उजार गर्दै हिन्दु धर्मको जर्गेना गर्नका लागि डोलेश्वर मन्दिर परिसमा गणेश मन्दिर निर्माण गरिएको नगर प्रमुख बस्नेतले जानकारी दिए ।

बिहिवार मन्दिरको प्रमुख बस्नेतद्वारा विधिवत रुपमा गणेश मन्दिरको प्राण प्रतिष्ठान गरी पूजा अर्चना गरेका हुन् । २०७२ सालको भूकम्पपछि डोलेश्वर मन्दिर पुनःनिर्माण हुने क्रम जारी भएको र मन्दिर परिसमा गणेश मन्दिर निर्माणले मन्दिरको शोभा बढाएको छ ।

मन्दिर परिसमा पूजा अर्चनाका क्रममा प्रमुख बस्नेतले सभ्य समाज निर्माण गर्न धर्मप्रतिको आस्था र विश्वास जागरित गनुपर्ने बताए । धर्मले व्यक्तिलाई शत मार्गमा लाग्न प्रेरित गर्ने भएकाले सबैलाई शत मार्गप्रति लाग्न उनले आग्रह गरे ।

प्रतिक्रिया