बिहीबार, चैत १५, २०८०

विहान उठ्ने बित्तिकै ५ मिनेट लामो श्वास लिँनुस यस्ता हुन्छन् फाइदा

नेपालखोज २०७६ फागुन १० गते ६:०५

विहान ५ मिनेट जति लामो श्वास लिने र छाड्ने गर्नुपर्दछ । त्यसरी गरिने श्वासप्रश्वास व्यायायमका केही फाइदाहरु यस प्रकारका छन्ः

१. तनावमुक्त बनाउँछ
गहिरो श्वासले शरिरमा अक्सिजनको प्रवाह बढाउँदछ र तनाव, चिन्ता र त्रास घटाउँछ ।

२. शरिरको बिष फालिदिन्छ
श्वासप्रश्वासबाट मानिसको शरिरबाट ७० प्रतिशत भन्दा बढी खराब तत्व निष्कासन गरिदिन्छ ।

३. दिमागलाई शान्त बनाइदिन्छ
अत्यधिक तनाव र चिन्ताले विभिन्न स्वास्थ्य समस्या उत्पन्न हुन्छ । गहिरो श्वास लिँदा दिमागमा अक्सिजनको आपूर्ती बढाउँछ र चिन्ताको मात्रा घट्नुका साथै शरीरलाई आनन्द र प्रफुल्ल बनाउँछ ।

४. अन्य अंगलाई पनि सहयोग
गहिरो श्वास प्रश्वासको व्यायामले मुटु, पेट, लिभर, साना आन्द्रालाई मसाज गरिदिन्छ र ती अंगमा रक्तप्रवाह गरिदिन्छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया