२०७७ जेठ २० , मंगलबार English

तनाव मुक्त गर्ने हो भन आज आईतवार सूर्यदेवको आराधना गर्नुस् हेर्नुस तपाई आजको राशी

२०७६ फाल्गुन ११ , आइतवार प्रकाशित



surya-dev-1




तनाव मुक्त गर्ने हो भने आज आईतबार सूर्यदेवको आराधना गर्न सक्नु हुनेछ । सूर्य देवको आराधनाले मानिसलाई तनाव मुक्त गराउँछ । तपाईंले जीवनमा कुनै तनाव झेलिरहनु भएको छ भने सूर्यदेवलाई प्रसन्न पारेर आफ्नो सबै तनाव निवारण गर्न सक्नु हुनेछ ।

सूर्यदेवबाट प्रकाश, आरोग्य, प्रतिष्ठा प्राप्त हुने छ भने दुष्टहरुको निवारण हुनेछ । नवग्रह शान्ति विधानमा मात्र सूर्योपासनाबाट सबै ग्रहको शान्ति मिल्ने उल्लेख छ । किन भने सूर्यदेवलाई नौ ग्रहको मुख्य ग्रह अर्थात राजा मानिन्छ ।

सूर्यदेवको कृपाबाट व्यक्तिलाई समाजमा मानसम्मान प्राप्त हुनेछ । साथै, नोकरी तथा भाग्य सम्बन्धी समस्या सूर्यको पूजाबाट टाढा हुनेछ ।

हरेक दिन बिहान सूर्यलाई नमस्कार गरेमा बल, बुद्धि, विद्या, वैभव, तेज, ओज, पराक्रम तथा दिव्यता प्राप्त हुनेछ ।

आजको राशीफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । मनोरञ्जनमा सहभागीता भइएला । व्यापार,व्यवसायमा लाभ हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

टाडिएका परिवारजनसँग भेटघाट हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । आत्मिक सन्तुष्टिपनि मिल्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

शुभकार्यको चर्चा चल्नेछ । प्रतिस्पर्धामा सम्मानजनक स्थान हात पर्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

महत्त्वकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

वैदेशिक कार्य अघी बढ्नेछ । रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । महिला वर्ग बाट सहयोग मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) पढाइ लेखाइमा प्रगति हुनेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । नयाँ व्यक्तिसंग भेट रहला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । गरेको कार्यमा सफलता पाईनेछ । इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, य)

महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । पैतृक सम्पत्तिमा बिवाद बढ्नेछ । उपलब्धि हातपार्न नसकिएला । अनावस्यक झुटा आरोप लाग्ने हुँदा सजक रहनुहोला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । मुद्दा मामिलामा सफलता पाईनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

आज नजिकको व्यक्तिबाट सहयोग मिल्नेछ । अरुको मन जित्न सकिनेछ । प्राविधिक कार्यमा सफलता मिल्नेछ । व्यवसायका क्रममा यात्रा गर्नुपर्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

साथीभाईसंग रमाइलो भेटघाट हुनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । आकस्मिक धनलाभ होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

मित्रहरूले दिएको वचन फेरिन सक्छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । पैसापनि फस्न सक्नेछ, तर घर व्यवहारको समस्या हल हुनेछ ।




1 Star2 Stars3 Stars4 Stars5 Stars (No Ratings Yet)
Loading...

Leave a comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर


ganesha-3
आज मंगलबार लकडाउनको समय घरमै गणेश भगवानको आराधना गर्नुहोस धन लाभ हुनेछ । आजको राशिफल ।
२०७७ जेठ २० , मंगलबार

shivputra
आज सोमबार लकडाउनको बेला घरमै शिव भगवानको आराधना गर्नुहोस मनमा शान्ति मिल्नेछ ।। आजको राशिफल ।।
२०७७ जेठ १९ , सोमवार

sun
आज आइतबार लकडाउनको बेला घरमै बसेर सुर्यदेवको आराधना गर्नुहोस । आजको राशिफल ।
२०७७ जेठ १८ , आइतवार

sanidev
आज शनिबार भगवान शनिदेवको पुजा गर्नुहोस् ग्रहदोष हटेर जानेछ, आजको राशिफल
२०७७ जेठ १७ , शनिवार

fri
आज शुक्रबार लकडाउनको बेला घरमै महालक्ष्मी देवीको आराधना गर्नुहोस धन लाभ हुनेछ । आजको राशिफल ।
२०७७ जेठ १६ , शुक्रवार

Why-is-Lord-Vishnu-Blue-in-Color
आजको दिन भगवान विष्णुका अवतारको आराधना गर्नुस आटेको पुरा हुन्छ, आजको राशिफल
२०७७ जेठ १५ , बिहिवार
prabhu money transfer