बिहीबार, वैशाख १३, २०८१

मुस्ताङमा फेरि हिमपात, जोमसोममा एक फिट हिउँ जम्यो, माइनस ५ डिग्री तापक्रम

नेपालखोज २०७६ फागुन १० गते ७:३७

मुस्ताङ । केही दिनदेखि मौसममा आएको बदलीसँगै हिमालपारीको जिल्ला मुस्ताङमा हिमपात भएको छ । मुस्ताङको थासाङ गाउँपालिकाको लेतेदेखि माथि सबै क्षेत्रमा हिमपात भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

मुस्ताङको सदरमुकाम जोमसोममा मात्रै करिब १ फिटसम्म हिउँ जमेको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिए ।

बहानैदेखि भएको हिमपातका कारण मुक्तिनाथ क्षेत्रमा डेढ फिट र उपल्लो मुस्ताङमा २ फिटसम्म हिउँ जमेको छ । हिमपातसँगे उपल्लो मुस्ताङ जाने कालीगण्डकी खोलाको तिरैतिरको सडक पनि अवरुद्ध बनेको छ ।

यसैगरी हिमपातका कारण जोमसोमको तापक्रम अहिले माइनस ५ डिग्री सेल्सियसमा पुगेको बताइएको छ । हिमपात र वर्षाका कारण पर्यटक, यात्रु तथा सर्वसाधारणलाई समेत टाढाको यात्रामा ननिस्कन सुझाव दिइएको प्रमुख जिल्ला अधिकारी अर्यालको भनाइ छ ।

प्रतिक्रिया