आज पनि पानी र हिउँपर्ने सम्भावना, भोली फेरि देशभर नै बादल लाग्ने
नेपालखोज
२०७६ फागुन १० गते ८:२१
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशका केही ठाउँमा पानी र हिउँपर्ने सम्भावना रहेको छ ।
आज पूर्व मध्य र पश्चिमका केही ठाउँमा पानी पर्ने मौसम पुर्वानुमान महाशाखाका मौसमविद् गंगा नगरकोटीले जानकारी दिए ।
उनका अनुसार हिजो देशका विभिन्न ठाउँमा हिउँ र पानी पारेको पश्चिमी वायु पूर्व पुगेकाले आज मध्य र पश्चिमको तुलनामा पूर्वका धेरै ठाउँमा पानी पर्ने संभावना रहेको छ ।
यो प्रणाली बेलुकीदेखि कमजोर हुने भएकाले राति पहाडी क्षेत्रको मौसम आंशिक बदली भए पनि अन्य ठाउँको मौसम सामान्यतया सफा नै रहने महाशाखाले जनाएको छ ।
भोलि फेरि अर्को पश्चिमी वायु नेपाल प्रवेश गर्ने भएकाले देशभर नै बादल लागेर केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया