बिहीबार, वैशाख १३, २०८१

आफैँ अनियन्त्रित भइ कार रूखमा ठोक्किँदा एकको मृत्यु, २ जना घाइते

नेपालखोज २०७६ फागुन १० गते ८:५४

चितवन । चितवनको भरतपुरमा तीव्र गतिमा गुडिरहेको कार रूखमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार राति ९ बजे भरतपुर महानगरपालिका–१८ स्थित सडकमा थानेदार चोकबाट गोब्रेनी जाँदै गरेको बा १८ च ५७०९ नम्बरको कार आफैं अनियन्त्रित भएर सडक छेउमा रहेको बकैनाको रूखमा ठोक्किएको थियो ।

कारमा रहेका ३ जनामध्ये गम्भीर घाइते भएका भरतपुर महानगरपालिका–१८ गुञ्जनगरका २४ वर्षीय नरेश कुमालको उपचारका क्रममा गएराति १० बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घाइते दुइ जनाको भरतपुरस्थित पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया