बिहीबार, चैत १५, २०८०

प्रचण्डले छुट्टाछुट्टै भेटे माधव नेपाल र प्रधानमन्त्री देउवालाई

नेपालखोज २०७८ साउन १२ गते १०:३०

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।

आज बिहानै एमाले नेता नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेका प्रचण्ड लगत्तै प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।

प्रचण्डको आजको भेट प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको नेपाल समूहलाई पनि सरकारमा सहभागी गराउने रणनीतिको रुपमा भएको हुनसक्ने बुझिएको छ ।

प्रतिक्रिया