शुक्रबार, चैत १६, २०८०

एमसीसी सम्झौताबारे छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै

नेपालखोज २०७६ फागुन १० गते १०:३८

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ । बैठक आज अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जनाएको छ ।

अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे वरिष्ठ नेता झलनाथ खनाल संयोजकत्वको तीन सदस्यीय कार्यदलले शुक्रबार हिजो बुझाएको प्रतिवेदनबारे बैठकमा छलफल हुने बालुवाटार स्रोतले जनाएको छ ।

खनालको प्रतिवेदनमा संशोधन गरेर मात्र एमसीसी पारित गर्नुपर्ने सुझाव दिइएको छ । यसबारे शनिबार आज गम्भीर छलफल गरेर टुंगोमा पुग्ने प्रयास हुने बुझिएको छ ।

एमसीसी पारित गर्नुपर्ने पक्षमा प्रधानमन्त्री केपी शर्मा ओली र उनका पक्षधर रहेका छन् । तर, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल संशोधन विना पारित गर्न नहुने पक्षमा देखिएका छन् ।

प्रतिक्रिया