‘परदेशी–२’को सुभ मुहूर्त, प्रकाश सपूत नायक
काठमाडौँ । गायक प्रकाश सपूत र नायिका वर्षा शिवाकोटीको मुख्य भूमिकामा रहेको चलचित्र ‘परदेशी–२’को सुभ मुहूर्त गरिएको छ । नारायण रायमाझीले निर्देशन गर्ने चलचित्रमा प्रकाश नायकका रुपमा देखिने छन् ।
दोहोरी ब्याटल, बोल माया, गलबन्दी लगायत लोकप्रिय गीतका गायक प्रकाशको यो पहिलो चलचित्र हुने छ । गायकका रुपमा सफल उनलाई अब स्रोता तथा दर्शकले नायकको रुपमा पनि देख्न पाउने भएका हुन् ।
“अब मसँग नयाँ सपना छैन । अधुरो एउटा सपना चलचित्रमा अभिनय गरेर हिरो हुने, त्यो पनि अब पूरा भएको छ,” प्रकाश भन्छन्, “सपना पूरा भएकोमा जति खुसी र उत्साहित छु, त्यति नै डर पनि लागिरहेको छ, करियरको आगामी यात्रा कता र कस्तो हुन्छ भनेर ।”
उनले सांगीतिक यात्रामा जस्तै चलचित्रमा पनि इमान्दार भएर मेहनत गर्ने बताए । चलचित्रको कथा रमेश बिजीले लेखेका हुन् । ‘परदेशी’को पहिलो सिरिजमा नायकको रुपमा डिन्डियन आइडल प्रशान्त तामाङले अभिनय गरेका थिए । दसैंको सेरोफेरोमा रिलिज गर्ने सोचमा निर्माण पक्ष रहेको छ ।
प्रतिक्रिया