धादिङको थाक्रेमा २ ट्रक ठोक्किँदा २ जनाको मृत्यु
नेपालखोज
२०७७ माघ १९ गते १२:५३
धादिङ । धादिङको थाक्रे गाउँपालिका–२ कोइरालेमा २ वटा ट्रक एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
मुग्लिङबाट काठमाडौं आउँदै गरेको लु २ ख २७० नम्बरको ट्रकले रोकिएको ना६ख ६४६५ नम्बरको ट्रकलाई पृथ्वी राजमार्गको कोइराले ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी लोकनाथ तिमिल्सिनाले जानकारी दिए ।
दुर्घटनामा सहचालक संखुवासभाका किरण कार्की र बर्दियाका किरणप्रताप गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा लु२ख २७० नम्बरको ट्रकका चालक नवलपरासीका लिलाराम अधिकारी र बाराका कमल शाह गम्भीर घाइते भएका छन् । घाइतेलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टरमा पठाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया