सोमबार, माघ २८, २०८१

बसको ठक्करबाट एकजना महिलाको मृत्यु

नेपालखोज २०७६ फागुन १० गते १५:५०

तनहुँ । व्यास नगरपालिका १२ देउरालीमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। करिव ६५ वर्षीय महिलाको बसको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।  बसबाट झरेर गन्तव्यतर्फ लाग्ने क्रममा साइडबाट जाँदै गर्दा ग १ ख ९६१८ नम्बरको बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए।

Advertisement

उनका अनुसार महिलाको नाम, वतन भने खुलेको छैन।  बसको ठक्करबाट घाइते महिलाको उपचारको क्रममा दमौली अस्पतालमा मृत्यु भएको लामिछानेले बताए। उनले मृत महिलाको शव पोष्टमार्टमका लागि दमौली अस्पतालमा राखिएको छ भने महिलाका बारेमा थप अनुसन्धान भइरहेको बताए‍। बस र चालक प्रहरीको नियन्त्रणमा रहेको छ।

प्रतिक्रिया