मंगलबार, वैशाख ४, २०८१

प्रधानमन्त्रीको पुस्तक ‘भिजन टु एक्सन’ सार्वजनिक

नेपालखोज २०७६ फागुन १० गते १६:५३

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफ्नो जिम्मेवारीप्रति स्पस्ट रहेको बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले सामाजिक न्याय र समानतासहितको समृद्धिलाई पूर्णता दिन अब कसैले रोक्न नसक्ने बताए ।

बाधक

सरकारले आश्चर्यजनकरुपमा धेरै विकासका काम अघि बढाइरहेको दाबी गर्दै बाटो, पुल निर्माण, ऊर्जाको विकासलगायतका क्षेत्रहरुमा सरकारले सफलता हासिल गरेको जिकिर गरे ।

नेपालमा दीगो विकासका सम्भावनाहरु पर्याप्त रहेपनि केही सामाजिक र राजनीतिक अव्यवस्थाहरु बाधक बन्न पुगको उनले उल्लेख गरे ।

कूटनीतिक सम्बन्ध पारस्परिक लाभको आधारमा

प्रधानमन्त्री ओलीले दुई छिमेकी राष्ट्र भारत र चीनबीच नेपालकोे सम्बन्ध अत्यन्तै घनिष्ट रहेको भन्दै कूटनीतिक सम्बन्धहरु पारस्परिक लाभको आधारमा गरिने सरकारको रणनीति रहेको बताए ।

मुलुकमा व्यापार घाटा कहालीलाग्दो अवस्थामा रहेको बताउँदै प्रधानमन्त्री ओलीले अब स्वदेशी उत्पादनको वृद्धि गर्दै आयातभन्दा निर्यातलाई कसरी अघि बढाउन सकिन्छ भनेर सरकारले गृहकार्य थालिसकेको जानकारी दिए ।

प्रधानमन्त्रीको पुस्तक

सो अवसरमा प्रधानमन्त्री ओलीले रचना गरेको पुस्तक ‘भिजन टु एक्सन’ सार्वजनिक गरिएको छ ।

पुस्तक राष्ट्रकवि माधव घिमिरे र संस्कृतविद् सत्यमोहन जोशीले संयुक्तरुपमा लोकार्पण गरेका हुन् ।

पुस्तकमा मुलुकको विकास र सन्चालनमा प्रधानमन्त्री ओलीले आफ्नो दृष्टिकोण व्यक्त गरेका छन् ।

प्रतिक्रिया