प्रधानमन्त्री ओली एमसीसी संशोधन गर्न तयार
नेपालखोज
२०७६ फागुन ११ गते ७:४५
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली एमसीसी सम्झौता परिमार्जन गर्न लचिलो भएका छन् । प्रतिनिधिसभााट सम्झौता अनुमोदनका लागि हतारिएका ओली परिमार्जनका सम्बन्धमा अमेरिकी उच्च अधिकारीसँग छलफल गर्न तयार देखिएका हुन् ।
पार्टी्भित्र बहुसंख्यक नेताहरु एमसीसी अनुदान सम्झौता परिमार्जन गरेर कार्यान्वयन गर्नुपर्ने पक्षमा उभिएको र कार्यदलले परिमार्जन गरेर अगाडि बढ्न सुझाव दिएपछि ओली लचक बनेको नेताहरुले बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सचिवालय बैठकमा कार्यदल संयोजकसमेत रहेका वरिष्ठ नेता झलनाथ खनालले प्रतिवेदनबारे बिफ्रिङ गरेका थिए । आजको अन्नपूर्ण पोष्ट दैनिकबाट ।
सम्बन्धित
प्रतिक्रिया