बुधबार, वैशाख १२, २०८१

करिश्मा कपुर वेवसेरिजबाट अभिनयमा फर्किदै

नेपालखोज २०७६ फागुन ११ गते ८:३९

एजेन्सी । बलिउड अभिनेत्री करिश्मा कपुर वेवसेरिजमार्फत् अभिनयमा फर्किएकी छन् । एकता कपुरले निर्माण गर्ने मेन्टलहुडमार्फत् उनी अभिनयमा फर्किएकी हुन् ।

मेन्टलहुडको टिजर सार्वजनिक गरिएको छ । जसमा करिश्मा कपुरसँगै डिनो मोरिया पनि देखिनेछन्। करिश्मा कपुर वेवसेरिजमा आमाको भूमिका देखिँदैछन् ।

यो वेवसेरिजको विषयवस्तु अलग–अलग गृहिणी महिलाहरुमा आधारित छ । त्यस मध्येकी एक आमा करिश्मा कपुर बन्नेछिन् । उनले आफ्ना बच्चालाई कसरी हुर्काउँ छिन् भन्ने वेवसेरिजमा देख्न सकिन्छ ।

करिश्मा र डिनोको अलवा संजय सुरी, सन्ध्या मृदुल, शिल्पा शुक्ला, श्रुती सेठको अभिनयसमेत हेर्न सकिन्छ । यो वेवसेरिज ११ मार्चदेखि स्ट्रिमिङ हुने एकता कपुरले उल्लेख गरेकी छन् ।

प्रतिक्रिया